काठमाडौं । अनुशासन उल्लंघन गरेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले महासमिति सदस्य महेन्द्र मल्ललाई पार्टीबाट निष्काशन गरेको छ ।
पार्टीको केन्द्रीय अनुशासन समितिको बुधबार बसेको बैठकले बाँके जिल्लाका मल्लले नेपाली कांग्रेस पार्टी विरुद्ध सार्वजनिक अभिव्यक्ति दिएको ठहर गर्दै ५ बर्षका लागि पार्टीबाट निष्काशनको कारवाही गरेको हो ।
उनलाई कांग्रेसको विधान २०१७ (संशोधन सहित) धारा ३४ को उपधारा १ (क) बमोजिम पार्टीको अनुशासन उल्लघंन गरेकोले विधान २०१७ (संशोधन सहित) धारा ३४ को उपधारा ८ (ङ) अनुसार ५ वर्षका लागि पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको जनाएको छ ।