काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्ना नेता तथा कार्यकर्तालाई सिन्धुपाल्चोकको बाढी पहिरोग्रस्त क्षेत्रमा तत्काल खट्न आफ्ना कार्यकर्तालाई निर्देशन दिएका छन्।
आज बिहान सामाजिक सञ्जाल ट्वीटरमार्फत् देउवाले काँग्रेस कार्यकर्तालाई तत्काल उक्त क्षेत्रमा खट्न निर्देशन दिएका हुन्।
त्यसैगरी, उनले सरकारलाई छिटोभन्दा छिटो त्यसक्षेत्रमा उद्धार टोली खटाउन अनुरोध गरेका छन्।
सिन्धुपाल्चोकको बाह्रविसे क्षेत्रमा आएको बाढि र पहिरोले ठूलो जनधनको क्षेत्र पुग्ने देखिएको छ।म सिन्धुपाल्चोकका कांग्रेसका साथिहरुलाई तत्काल उद्दारमा खटिन निर्देशन गर्दछु।सरकारलाई छिटोभन्दा छिटो त्यो क्षेत्रमा उद्दार टोली खटाएर थप मानविय र भौतिक क्षेत्र हुन जोगाउन अनुरोध गर्दछु।
— Sher Bahadur Deuba (@DeubaSherbdr) July 9, 2020
देउवाले भनेका छन्, ‘सिन्धुपाल्चोकको बाह्रविसे क्षेत्रमा आएको बाढी र पहिरोले ठूलो जनधनको क्षेत्र पुग्ने देखिएको छ। म सिन्धुपाल्चोकका कांग्रेसका साथीहरुलाई तत्काल उद्दारमा खटिन निर्देशन गर्दछु। सरकारलाई छिटोभन्दा छिटो त्यो क्षेत्रमा उद्धार टोली खटाएर थप मानवीय र भौतिक क्षेत्र हुन जोगाउन अनुरोध गर्दछु।’
सिन्धुपाल्चोक काँग्रेस उद्धारमा जुटिसकेको जिल्ला काँग्रेस सचिव बिलबहादुर तामाङले बताए। उनले भने, ‘साथीहरु आ आफ्नो तवरले उद्धारमा खटिसक्नुभएको छ। जिल्लाबाट पनि घटनास्थल जाने तयारीबारे छलफल गर्दैछौं।’