आज: २५ चैत्र २०८१, मंगलवार | Tue, 08, Apr, 2025

सभामुख सापकोटा बाढी पहिरो पीडित भेट्न हेलिकप्टरबाट सिन्धुपाल्चोकको बाह्रबिसे जाँदै

गोकर्णेश्वर खबर२५ असार २०७७, बिहीबार ०८:५६ मा प्रकाशित (४ साल अघि) ६४४ पाठक संख्या

काठमाडौं : सिन्धुपाल्चोकको बाह्रबिसे र भोटेकोशी गाउँपालिकामा बाढी पहिरोले ठूलो क्षति भएपछि उद्धार कार्य चुस्त बनाउन सभामुख अग्निप्रसाद सापकोटा उक्त क्षेत्रमा जाँदैछन्।

हेलिकप्टरमार्फत् सापकोटा उक्त क्षेत्रमा जान लागेको उनका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले बताए। ‘हामी त्रिभुवन विमानस्थलमा आइपुगिसकेका छौं। केही बेरमा हेलिकप्टरमार्फत बाढीग्रस्त क्षेत्र पुग्छौं,’ न्यौपानले भने।

बाढी र पहिरो गएको ठाउँ सभामुख सापकोटाको निर्वाचन क्षेत्रसमेत हो।

भोटेकोशी र खाल्डे खोलामा आएको बाढीले कैयान घर बगाएको अनुमान गरिएको छ भने मानवीय क्षतिको विवरण आइसकेको छैन। अहिले उक्त क्षेत्रमा दुई जनाको शव भेटिएको बाह्रबिसे नगरपालिकाकी उपप्रमुख सुशिला पाख्रिनले जानकारी दिइन्।