आज: १० माघ २०८१, बिहीबार | Thu, 23, Jan, 2025

भोलिदेखि चार दिनसम्म यस वर्षकै धेरै पानी पर्ने

गोकर्णेश्वर खबर२४ असार २०७७, बुधबार २२:१३ मा प्रकाशित (४ साल अघि) ४०४ पाठक संख्या

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले असार २५ गतेदेखि २८ गतेसम्म यो वर्षकै सबैभन्दा बढी पानी पर्ने जनाएको छ ।

प्राधिकरयाले प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशमा धेरै पानी पर्ने अनुमान गरेको हो । प्राधिकरणका अनुसार वैशाखदेखि अहिलेसम्म प्रशस्त पानी परेकाले बिहीबारदेखि चार दिनसम्म धेरै पानी पर्दा बाढी, डुबान र पहिरोको जोखिम बढाएको बताएको छ ।

प्राधिकरणद्वारा कन्काई, कोसी, कमला, वाग्मती, नारायणी र यसका सहायक नदीमा पानीको सतह बढ्न सक्ने उल्लेख गरिएको छ । खासगरी प्रदेश १ र प्रदेश २ का चुरे तथा तराई भएर बग्ने खोला तथा नदीहरुमा ठूलो बाढी आउनसक्ने हुनाले यस क्षेत्रका बासिन्दाहरुलाई सतर्क रहन विशेष आग्रह गरिएको छ ।

झापा, मोरङ, सुनसरी, सप्तरी, धनुषा, महोत्तरी, सिरहा, सर्लाही, बारा, पर्सा, रौतहट, चितवनलगायत जिल्लाका होचा ठाउँमा डुबानको खतरा पनि छ ।

ठूला नदीनालामा आउने बाढीको जानकारी लिन जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर ११५५ र आपतकालीन सेवाका लागि राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रको टोल फ्री नम्बर ११४९ मा २४ घण्टा सेवा उपलब्ध हुने जानकारी गराइएको छ ।