आज: ११ फाल्गुन २०८१, आईतवार | Sun, 23, Feb, 2025

कोरोना: विश्वकै तेस्रो नम्बरमा पुग्यो छिमेकी मुलुक भारत, नेपालमा थप सतर्कताको खाँचो

गोकर्णेश्वर खबर२२ असार २०७७, सोमबार ०७:४५ मा प्रकाशित (४ साल अघि) ३२१ पाठक संख्या

छिमेकी मुलुक भारत, विश्वमा सबैभन्दा बढी कोरोना संक्रमित भएको देश बनेको छ।

केही दिनयता लगातार उच्च संख्यामा कोरोना संक्रमित थपिइरहेको भारतमा आइतबार मात्रै झन्डै २५ हजार जना संक्रमण पुष्टि भएको थियो।

सोमबार बिहान ७ः३० बजेसम्म वर्ल्डओमिटरको तथ्यांकअनुसार भारतमा संक्रमितको कूल संख्या ६ लाख ९७ हजार ८ सय ३६ पुगेको छ। तीमध्ये १९ हजार ७ सय जनाको मृत्यु भइसकेको छ भने ४ लाख २४ हजार ८ सय ९१ बिरामी निको भएका छन्।

भारतमा संक्रमणको वास्तविक चित्र अझै थाहा नभएको विज्ञले बताएका छन्।

अधिकारीले संक्रमण रोक्न अनेक प्रयत्न गरिरहेका छन्। दिल्लीमा काेराेनाका बिरामी उपचारका लागि ठूलो स्याहार केन्द्र खोलिएको छ।