आज: १५ बैशाख २०८२, सोमबार | Mon, 28, Apr, 2025

खानेपानी मन्त्रीले भनिन्-‘अब मेलम्चीको पानी एकादेशको दन्त्य कथा रहेन’

गोकर्णेश्वर खबर२१ असार २०७७, आईतवार १९:०२ मा प्रकाशित (४ साल अघि) ५६३ पाठक संख्या

काठमाडौं – खानेपानी तथा सरसफाई मन्त्री बिना मगरले मेलम्ञ्ची खानेपानी आयोजनाको पानी परीक्षण सुरु भएको बताएकी छिन् ।

आइतबार खानेपानी मन्त्रालयमा आयोजित पत्रकार सम्‍मेलनमा बोल्‍दै उनले भनिन्, ‘अब मेलम्चीको खानेपानी एकादेशको दन्त्य कथा जस्तो रहेन। यसको चाँडै नै अन्त्य भइ साउन महिनाभित्र मेलम्चीको पानी काठमाडौँको घरघरमा आइपुग्नेछ।’

उनले असार महिनाभित्र मेलम्चीको पानी काठमाडौमा झार्ने र साउनदेखि धारामा वितरण गर्ने बताइन्।

उनले मेलम्ची आयोजना सम्पन्‍न गर्न निकै चुनौती तथा कठिनाइहरु भोग्नु परे पनि सफल भएको बताइन् ।
उनले पानी टेस्टिङ प्रक्रियामा अगाडी बढेको हुँदा छिट्टै काठमाडौँमा आउने बताइन् ।

मन्त्री मगरले पानीको आवश्यक टेस्टिङ प्रक्रिया सकेर आवश्यक नेतृत्वसँग छलफल गरेर छिट्टै उद्घाटनको मिति तय गर्ने जानकारी दिइन्।