आज: १२ फाल्गुन २०८१, सोमबार | Mon, 24, Feb, 2025

विदेशीलाई नागरिकता बनाइदिने प्रशासकीय अधिकृत गठ्ठाघरबाट पक्राउ

गोकर्णेश्वर खबर२१ असार २०७७, आईतवार १८:३६ मा प्रकाशित (४ साल अघि) ४२६ पाठक संख्या

झापा  – विदेशी नागरिकलाई नागरिकता बनाइदिने जिल्ला प्रशासन कार्यालय झापाका तत्कालिन प्रशासकीय अधिकृत सुरेश आचार्यलाई पक्राउ गरिएको छ।

झुठो विवरण पेश गरिएको आधारमा विदेशी नागरिकलाई नागरिकता तथा राहदानी बनाइदिने आचार्यलाई प्रहरीले काठमाडौंको गठ्ठाघरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

विदेशी नागरिकलाई नागरिकता तथा राहदानी बनाइदिएको कसुर मुद्धामा जिल्ला अदालत झापाले ०७२ मंसिर १० गते आचार्यलाई पक्राउ गर्न वारेन्ट जारी गरेको थियो।

आचार्यलाई महानगरीय अपराध महाशाखाको समन्वयमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको टोलीले पक्राउ गरेको हो।

आवश्यक कारबाहीको लागि प्रहरीले आचार्यलाई आइतबार जिल्ला अदालत झापामा बुझाएको झापाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिए।