आज: १५ बैशाख २०८२, सोमबार | Mon, 28, Apr, 2025

काँग्रेसलाई गृहसहित अर्थ मन्त्रालयको प्रस्ताव

गोकर्णेश्वर खबर२१ असार २०७७, आईतवार १७:२४ मा प्रकाशित (४ साल अघि) ४३७ पाठक संख्या

आइतबार बिहान सभापति देउवासँग नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले यदि काँग्रेसले साथ दिने हो भने काँग्रेसलाई गृह अर्थ लगायतका महत्वपूर्ण मन्त्रालय समेत दिन सकिने प्रस्ताव गरेको स्रोतको दावी छ ।

‘यदि सहकार्य नै गरेर जाने हो भने, गृह अर्थ लगायतका मन्त्रालय काँग्रेसलाई दिन सकिन्छ । त्यसका लागि तपाईहरुले तयारी गर्दा हुन्छ’ ओलीको सन्देश सुनाउँदै नेम्वाङले काँग्रेस नेतालाई भनेका थिए ।

यसैबीच काँग्रेस बैठक जारीरहेका बेलामा सभापति देउवा सहित काँग्रेसका प्रभावशाली नेताहरु गगन थापा विश्वप्रकाश शर्मा, रेमश लेखक, पूर्णबहादुर खड्का, मिनेन्द्र रिजाल लगायतका नेताहरु बिहान भएको नेम्वाङसँगको भेटवार्ताबारे छलफल गरेका छन् ।