काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद उत्कर्षमा पुगेका बेला आज नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर प्रधानमन्त्री केपी शर्मा ओलीको सन्देश सुनाएका छन् ।
ओलीले प्रचण्डसँग वार्ता गरिरहेको समयमा दबाब दिने उद्देश्यले नेम्वाङले देउवालाई भेटेर ओलीको सन्देश दिएका हुन् । नेम्वाङले आफूले संवैधानिक परिषद् बैठक र एमसिसीलगायतका विषयमा छलफल गरेको बताए ।
संवैधानिक परिषद्को बैठक बस्नका लागि आग्रह गर्न नेम्वाङ पुगेको बताए पनि पार्टी भित्रको विवाद र देउवासँगको निकटतालाई जोडेर हेरिएको छ ।