आज: १० माघ २०८१, बिहीबार | Thu, 23, Jan, 2025

कक्षा ११ को बोर्ड परीक्षा नलिने सरकारको निर्णय, आन्तरिक मूल्यांकनबाट नतिजा निकाल्ने

गोकर्णेश्वर खबर२१ असार २०७७, आईतवार १२:४४ मा प्रकाशित (४ साल अघि) ३१८ पाठक संख्या

काठमाडौं – यस वर्ष कक्षा ११ को पनि बोर्ड परीक्षा नहुने भएको छ ।

यो परीक्षा वैशाख २१ गतेबाट गर्ने तय भएको थियो । तर कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण परीक्षा हुन सकेन । अब आन्तरिक मूल्यांकनबाट विद्यार्थीहरुलाई प्रमाणपत्र दिइनेछ ।

विद्यार्थीहरुको आन्तरिम मूल्यांकन कसरी गर्ने भनेर कार्यविधि बनाउने जिम्मा राष्ट्रिय परीक्षा बोर्डलाई दिइएको छ । कार्यविधि अनुसार सम्बन्धित कलेजलहरुले विद्यार्थीहरुलाई अंक प्रदान गर्नेछन् ।

यसअघि कोरोना संक्रमणको जोखिमका कारण माध्यमिक शिक्षा परीक्षा (एसईई) पनि नगर्ने निर्णय भएको थियो ।