आज: १० माघ २०८१, बिहीबार | Thu, 23, Jan, 2025

गोकर्णेश्वरमा अपांगता भएका ब्यक्तिहरुलाई व्हिल चियर वितरण

गोकर्णेश्वर खबर२१ असार २०७७, आईतवार ०७:१५ मा प्रकाशित (४ साल अघि) ८४५ पाठक संख्या

काठमाडौं/ गोकर्णेश्वर नगरपालिकामा  अपांगता भएका ब्यक्तिहरुको लागि आधुनिक व्हिल चियर वितरण गरिएको छ।

राष्ट्रिय अपाङ्ग पुनस्र्थापना समाज नेपालले गोकर्णेश्वर नगरपालिका सगं समन्वय गरि नगरपालिका मार्फत शुक्रबार नगरपालिका प्रांगणमा एक कार्यक्रमका बीच नगर  प्रमुख सन्तोष चालिसेले विभिन्न कारणले अपाङ्गता भई दैनिक रुपमा ह्विलचियर आवश्यक पर्ने ३५ जनालाइ व्हिल चियर वितरण गरेका हुन् ।

उक्त व्हिल चियर वितरण कार्यक्रममा गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसे, प्रमुख सल्लाहकार दिपक रिसाल, नेपाल तरुण दल महाधिवेशन प्रतिनिधि श्रीराम चालिसे, गोकर्णेश्वर नगरपालिका वडा नं ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदी, नेपाली कांग्रेस काठमाडौं महानगरपालिका वडा नं ६ का इकाई सभापति भुवन लामा ,राष्ट्रिय अपाङ्ग पुनस्र्थापना समाज नेपालका सुगम भट्टराई, अपाङ्ग पुनर्स्थापना केन्द्र (गाेकर्ण )का अध्यक्ष उदय लिम्बु ,बाैध्द भेट्रान कलवका अध्यक्ष विवेक लामा , लगायतको उपस्थितिमा व्हिल चियर वितरण गरिएको हो ।

फोटो : सरोज बस्नेत