आज: ११ फाल्गुन २०८१, आईतवार | Sun, 23, Feb, 2025

मन्त्री अर्यालले भनिन्- संसद रत्यौली खेल्न चलाइरहने संस्था होइन,एजेण्डा थिएन,बिजनेश थिएन त्यसैले अन्त्यभयो’

गोकर्णेश्वर खबर२० असार २०७७, शनिबार २१:२२ मा प्रकाशित (४ साल अघि) २७४ पाठक संख्या

काठमाडौं – भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले बिजनेश नभएपछि संसद अधिवेशन अन्त्य गरिएको बताएकी छन् ।

स्वयं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)कै नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीले हतारहतार अधिवेशन अन्त्य गरेर अध्यादेश ल्याउन लागेको आशंका गरिरहेका बेला मन्त्री अर्यालले भने अधिवेशन कहिले बोलाउने ? कहिले बन्द गर्ने भन्ने सरकारको विषय भएको बताइन् ।

‘हामीले बजेट ल्याउनुपर्ने थियो, त्यसैले महामारीमा पनि अधिवेशन बोलाय‌ौं । बजेट पास भयो ‘९८ औं अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा आयोजित एक कार्यक्रममा मन्त्री अर्यालले भनिन्, ‘केही विधेयकहरू छलफल गर्नुपर्ने थियो तर सहमति जुटेन बिजनेश थिएन ।’

उनले अघि भनिन्, ‘संसद भनेको रत्यौली खेल्नका लागि चलाइरहने संस्था होइन नि । एजेण्डा थिएन, बिजनेश थिएन, त्यसैले सरकारले अधिवेशन अन्त्य गर्‍यो । यसमा स्थायी समितिको कुनै मेल छैन ।’

उनले पछिल्ला घटनाक्रमले विकास निर्माणका काममा अवरोध पुर्‍याएको समेत बताइन् । विकास निर्माणका क्षेत्रमा सरकारले गरेका कामको परिणाम देखिने समयमा ‘डिस्टर्ब’ गरेको मन्त्री अर्यालले बताइन्।