काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्न शीतलनिवास पुगेका छन्।
शनिबार साँझ राष्ट्रिपतिलाई भेट्न प्रधानमन्त्री ओली शीतलनिवास पुगेका हुन्।
अहिले प्रधानमन्त्री ओली र राष्ट्रपतिबीच भेटवार्ता भइरहेको र यो नियमित खालको भेटमात्रै भएको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ।
यस्तै प्रधानमन्त्री ओलीले केही मन्त्रीहरुलाई साँझ ७ बजे बालुवाटारमा बोलाएका छन्।
छलफलका लागि भन्दै प्रधानमन्त्री ओलीले आफूनिकट र केही पूर्वएमाले समूहका मन्त्रीहरुलाई बालुवाटार बोलाएका छन्।
पार्टी विभाजनको संघारमा पुगेका बेला प्रधानमन्त्री ओलीले दल विभाजनसम्बनधी अध्यादेश ल्याउनका लागि राष्ट्रपतिसँग छलफल गरेको हुनसक्ने अनुमान राजनीतिक वृत्तमा गरिएको छ।