आज: १६ बैशाख २०८२, मंगलवार | Tue, 29, Apr, 2025

बालुवाटारमा ओली र प्रचण्डबीच साढे चार घन्टा छलफल

गोकर्णेश्वर खबर१९ असार २०७७, शुक्रबार १८:२८ मा प्रकाशित (४ साल अघि) ३६० पाठक संख्या

काठमाडौं – नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालबीच शुक्रबार बालुवाटारमा साढे चार घन्टा भेटघाट भएको छ।

भेटमा दुई अध्यक्षका अतिरिक्त नेकपाका महासचिव विष्णु पौडेल र नेता जनार्दन शर्मामात्र सहभागी थिए।

दुई अध्यक्षबीच पछिल्लो समयमा तीक्तता बढेको सन्दर्भमा शुक्रबारको भेटमा उनीहरुबीच मन माझामाझ भएको नेकपा स्रोतले जानकारी दिएको छ।

शनिबारका लागि तय भएको नेकपा स्थायी समिति बैठकअघि शीर्ष नेताहरुबीच सहमति निर्माणको प्रयास भए पनि यसले कुन रुप लियो भन्नेबारे स्पष्ट भइसकेको छैन।

बिष्णु पौडेल र जनार्दन शर्मा पार्टी एकताका बेला एमाले र माओवादीका तर्फबाट प्रमुख भूमिका निर्वाह गरेका नेताहरु हुन्।

अध्यक्षद्वयबीच शनिबारको स्थायी समिति बैठकअघि फेरि भेट हुने सम्भावना रहेको पनि नेकपा स्रोतले जानकारी दिएको छ।