आज: ११ फाल्गुन २०८१, आईतवार | Sun, 23, Feb, 2025

कमरेडहरूलाई दुई तिहाइको सरकार नपचेजस्तो छ : डा. भट्टराई

गोकर्णेश्वर खबर१८ असार २०७७, बिहीबार २२:५२ मा प्रकाशित (४ साल अघि) २६० पाठक संख्या

काठमाडौं – पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपालाई लक्षित गर्दै दुई तिहाई बहुमतको सरकार कमरेडहरूलाई नपचेजस्तो छ भन्ने टिप्पणी गरेका छन्।

नेकपामा प्रधानमन्त्री र अध्यक्ष पदबाट केपीशर्मा ओलीले राजीनामा दिनुपर्ने दवावपछि विकसित राजनीतिक घटनाक्रम र संसद अधिवेशन अन्त्य भएका बेला पूर्वप्रधानमन्त्री भट्टराईले उक्त टिप्पणी गरेका हुन्।

‘कुनैकुनै प्राणीलाई घ्यू पच्दैन रे! हाम्रा कमरेडहरूलाई पनि दुईतिहाई करिब बहुमतको सरकार नपचेको जस्तो छ,’ उनले भनेका छन्, ‘त्यो अजीर्णताले संसद र लोकतन्त्रलाई नै हानी गर्ने हो कि भन्ने खतरा बढी गम्भीर भो!’

भट्टराईले त्याग र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र नगुमोस् भन्दै खबरदारी गर्नुपर्ने बताएका छन्।

‘सबै सजग रहौं र खबरदारी गरौं: यत्रो त्यागरबलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र नगुमोस्!,’ उनले भनेका छन्।