आज: १५ बैशाख २०८२, सोमबार | Mon, 28, Apr, 2025

काठमाडौं उपत्यकामा ३२ जनामा देखियो कोरोना संक्रमण

गोकर्णेश्वर खबर१८ असार २०७७, बिहीबार १६:४९ मा प्रकाशित (४ साल अघि) ११९० पाठक संख्या

काठमाडौं : पछिल्लो २४ घन्टामा काठमाडौंमा २८ जना कोरोना संक्रमित थपिएका छन्।

काठमाडौंका १७ महिला, ११ पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा गरिएको परीक्षणमा उक्त संक्रमण पुष्टि भएको हो।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमामा गरिएको परीक्षणमा ललितपुरका एक जनामा कोरोना संक्रमण देखिएको छ।

त्यस्तै त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा गरिएको परीक्षणमा भक्तपुरका २ पुरुष, ललितपुरका १ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो। यो सँगै आज उपत्यकामा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।