आज: १३ बैशाख २०८२, शनिबार | Sat, 26, Apr, 2025

नकारात्मक सर्किट लागेपछि बन्द भयो नेप्से कारोबार

गोकर्णेश्वर खबर१८ असार २०७७, बिहीबार १६:२२ मा प्रकाशित (४ साल अघि) ७०६ पाठक संख्या

काठमाडौं – नेप्से परिसूचक ६ प्रतिशत घटेपछि आजको कारोबार बन्द भएको छ ।

मंगलबार र बुधबार दुई दिन सकारात्मक सर्किट लागेर बन्द भएको नेप्से बिहिबार भने नकारात्मक सर्किट लागेर बन्द भएको हो।

बिहिबार बजार खुलेको २३ मिनेटमा पहिलो सर्किट लागेर २० मिनेटका लागि कारोबार स्थगित भएको थियो भने ११ः४७ मा दोस्रो सर्किट लागि ४० मिनेटका लागि कारोबार स्थगित भएको थियो।

त्यसपछि १२२७ मा खुलेको बजार १२ः४० मा तेस्रो सर्किट लागेपछि सेयर बजार बन्द भएको हो।