आज: १० माघ २०८१, बिहीबार | Thu, 23, Jan, 2025

म्यानमारमा पहिरोले पुरिएर ११३ जनाको मृत्यु

गोकर्णेश्वर खबर१८ असार २०७७, बिहीबार १५:५१ मा प्रकाशित (४ साल अघि) २९० पाठक संख्या

काठमाडौं – म्यान्मारको एउटा रत्न खानीमा पहिरोले पुरिएर कम्तीमा ११३ जनाको मृत्यु भएको छ।

म्यानमारको उत्तरी क्षेत्रस्थित कचिन प्रान्तमा भएको उक्त घटनामा अझै धेरै मानिसहरू पुरिएको बीबीसीले जनाएको छ ।

ठूलो वर्षापछि माटो बग्दा उक्त खानीमा बहुमूल्य रत्न ‘जेड’ खोज्न गएका मानिसहरूलाई पुरेको र उद्धारका क्रममा ११३ वटा शव फेला पारिएको म्यानमारको आपत्कालीन उद्धार गर्ने निकायले जनाएको छ ।

म्यान्मार जेडको प्रमुख स्रोत हो। तर त्यहाँका खानीहरूमा बारम्बार दुर्घटनाहरू हुने गरेका छन्। गत वर्ष खानीमा भएका दुर्घटनाहरूमा १०० जनाभन्दा बढीको मृत्यु भएको थियो।