आज: १० माघ २०८१, बिहीबार | Thu, 23, Jan, 2025

कांग्रेस सांसद ज्ञानकुमारी छन्त्यालको निधन

गोकर्णेश्वर खबर१७ असार २०७७, बुधबार १८:३२ मा प्रकाशित (४ साल अघि) ४२८ पाठक संख्या

नेपाली कांग्रेसकी सांसद ज्ञानकुमारी छन्त्यालको निधन भएको छ।

काठमाडौंस्थित शहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा उपचाररत ६६ वर्षीया छन्त्यालको बुधबार निधन भएको हो। अघिल्लो आइतवार मुटुको ३ वटा भल्ब ब्लक भएपछि मुटुको शल्यक्रिया गरिएको थियो । मुटुमा समस्या देखिएको पछि प्रतिनीधिसभाको नयाँ नक्सा निशान छापमा समावेशन गर्ने सम्बन्धी बैठकमा छन्त्याल सहभागि हुन सकेकी थिइनन् ।

छन्त्याल बाग्लुङ ढोरपाटन नगरपालिका वडा नम्बर १ बुर्तिवाङकी हुन्। उनी प्रतिनिधिसभामा समानुपातिक तर्फबाट सांसद थिइन्। उनी संसदको कृषि, सहकारी, वातावरण र पशुपंक्षि समितिमा सदस्य थिइन्। उनका दुई छोरा र दुई छोरी छन्।

उनले नेपाल महिला संघबाट राजनीति थालेकी थिइन्। उनी संविधानसभा सदस्य पनि थिइन्। लामो समय आमा समूहमा रहेर काम गरेकी उनले अन्तरपार्टी महिला सञ्जालमा पनि काम गरिन्।

अल्पसंख्यक समुदाय (छन्त्याल)बाट नेपाली काँग्रेसका तर्फबाट समानुपातिक कोटामा सांसद हुन् । उनी २०७० सालको संविधान सभा निर्वाचनमा बागलुङबाट प्रत्यक्ष निर्वाचित भएकी थिइन् ।

सांसद छन्त्यालको निधनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला, कांग्रेस नेता डा शेखर कोइरालाले दुख व्यक्त गरेका छन् । सांसद छन्त्यालको निधन भएपछि कांग्रेस केन्द्रीय समितिको बैठक र संसदीय दलको बैठक समेत स्थगित गर्ने तयारी भइरहेको छ ।