आज: ११ फाल्गुन २०८१, आईतवार | Sun, 23, Feb, 2025

नेपालमा थपिए एकैपटक ४८२ कोरोना संक्रमित, संक्रमितको संख्या १४ हजार नाघ्यो

गोकर्णेश्वर खबर१७ असार २०७७, बुधबार १६:४७ मा प्रकाशित (४ साल अघि) ५१४ पाठक संख्या

काठमाडौं : नेपालमा थप ४८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४८२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १४ हजार ४६ पुगेको मन्त्रालयले बताएको छ । त्यस्तै १४ सय ६२ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना जितेर डिस्चार्ज हुनेको संख्या ४ हजार ६५६ पुगेको छ ।