आज: १६ बैशाख २०८२, मंगलवार | Tue, 29, Apr, 2025

गोकर्णेश्वर नगरपालिका वडा नं ८ को प्रांगणमा आज हुने रक्तदानमा सहभागी हुन वडा अध्यक्ष मनोजकुमार ढुंगानाको अनुरोध

गोकर्णेश्वर खबर१७ असार २०७७, बुधबार १०:४७ मा प्रकाशित (४ साल अघि) ५३० पाठक संख्या

गोकर्णेश्वर नगरपालिका वडा नं ८को प्रांगणमा आज हुने रक्तदान कार्यक्रममा सहभागी भई रक्तदान गर्न  वडा अध्यक्ष मनोजकुमार ढुंगानाले अनुरोध गरेका छन।

लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं उत्तरबाहिनी र  गोकर्णेश्वर नगरपालिका वडा नं ८ को आयोजनामा  आज असार  १७ गते बुधबार  बिहान १० बजे देखि २ बजे सम्म हुने सो रक्तदान कार्यक्रममा सहभागी हुन अनुरोध गरेका हुन्  ।

 विश्वभर फैलिएको कोरोना भाइरस महामारीको कारण देश लकडाउन हुँदा अस्पतालहरुमा उपचारार्थ विमारीहरूको लागि रगत अभावका कारण समस्या उत्पन्न नहोस भनेर रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको हुँदा सामाजिक उत्तर दायित्व अन्तर्गत रक्तदान कार्यक्रममा सहभागी भई रक्तदान गर्नको लागि वडा अध्यक्ष मनोज कुमार ढुंगानाले अनुरोध गरेका हुन्  ।