आज: १० माघ २०८१, बिहीबार | Thu, 23, Jan, 2025

प्रधानमन्त्री ओलीलाई अध्यक्ष दाहालले भने- राजीनामा भारतले होइन मैले मागेको हो, दुवै पद छाड्नुस्

गोकर्णेश्वर खबर१६ असार २०७७, मंगलवार १६:५६ मा प्रकाशित (४ साल अघि) ५८१ पाठक संख्या

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायि कमिटी बैठक बालुवाटारमा जारी छ । बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले ‘आफूलाई प्रधानमन्त्रीबाट हटाउन खोजियो’ भन्दै दिएको अभिव्यक्तिबारे छलफल केन्द्रित छ ।

बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री ओलीको सो अभिव्यक्तिप्रति अर्का अध्यक्ष पुष्पकमल दाहालले गम्भीर आपत्ती जनाएका छन् । अध्यक्ष दाहालले राजीनामा भारतले नभएर आफुले मागेको स्पष्ट पारेका छन् ।

प्रधानमन्त्री ओलीले आफुलाई हटाउन दूतावास सक्रिय छ भन्दै दिएको अभिव्यक्तिलाई लक्षित गर्दै अध्यक्ष दाहालले राजीनामा दूतावास वा अन्य कोहीले नभएर आफुले मागेको स्पष्ट पारेका हुन् । उनले भने, ‘राजीनामा दिल्ली या अरुले मागेकाे हाेइन । मैले मागेकाे हाे । तपाईं दुवै पद छाेड्दिनुस् ।’