आज: ९ माघ २०८१, बुधबार | Wed, 22, Jan, 2025

भारतमा टिकटक,पब्जीसहितका ५९ एप्समा प्रतिबन्ध

गोकर्णेश्वर खबर१६ असार २०७७, मंगलवार ०८:५६ मा प्रकाशित (४ साल अघि) ४९८ पाठक संख्या

काठमाडौं – लद्दाख भिडन्तमा २० भारतीय सैनिक मारिएपछि चीनसँग रूष्ट बनेको भारतले टिकटक, पब्जीसहितका ५९ वटा चिनियाँ एप्सलाई प्रतिबन्ध लगाएको छ ।

प्रतिबन्धित एप्सहरूमा चिनियाँ सामाजिक सञ्जालसँग सम्बन्धित वी मिट, वेब च्याट लगायत पनि छन् ।

चिनियाँ एप्सले देशको सम्प्रभुता र अखण्डतामा खतरा पुर्‍याएको भन्दै प्रयोगमा रोक लगाइएको भारतको आइटी मन्त्रालयले जनाएको छ । भारतमा बाईकट चाईना अभियान जारी रहेको छ ।

भारतको उक्त निर्णयसँगै २२ करोड भारतीय टिकटक प्रयोगकर्ता र पब्जीका ५ करोड सक्रिय प्रयोगकर्ता घटेका छन् ।