आज: १६ बैशाख २०८२, मंगलवार | Tue, 29, Apr, 2025

अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्ध पक्राउ पुर्जी जारी

गोकर्णेश्वर खबर१५ असार २०७७, सोमबार २०:१७ मा प्रकाशित (४ साल अघि) ३०० पाठक संख्या

इरान – इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।

जर्नेल कासिम सुलेमानीको हत्यामा संलग्न ट्रम्पसहित ३० जनाभन्दा बढीलाई पक्राउ गर्न इरानले इन्टरपोलको सहयोग समेत मागेको छ।

गत जनवरी ३ मा इराकी राजधानी बगदादमा ड्रोन आक्रमण गरी सुलेमानीको हत्या गरिएको थियो।

उनको हत्यामा संलग्नहरुलाई ‘हत्या र आतंकवाद’ को आरोप लगाइएको एक सरकारी वकिल अली अलकासिमेरको भनाइ उद्धृत गर्दै इरानीको आईएसएनए न्युजले जनाएको छ।

यद्यपि पक्राउ पुर्जी जारी गरिएहरुमा ट्रम्पबाहेक अन्यको नाम अलकासिमेरले खुलाएका छैनन्। इन्टरपोलले यससम्बन्धी प्रतिक्रिया दिइसकेको छैन।

इरानले ट्रम्पविरुद्ध रेड नोटिस जारी गर्न समेत इन्टरपोललाई आग्रह गरेको अलकासिमेरले बताएका छन्। रेड नोटिस कुनै पनि आरोपितलाई पक्रिन इन्टरपोलले जारी गर्ने सबैभन्दा उच्चस्तरीय सूचना हो।

कुनै मुलुकले कुनै व्यक्तिलाई पक्रिन रेड नोटिसका लागि आग्रह गरिसकेपछि इन्टरपोलको बैठकले सूचना जारी गर्ने वा नगर्ने निर्णय गर्छ।