आज: ११ फाल्गुन २०८१, आईतवार | Sun, 23, Feb, 2025

नेपालमा थपिए एकैपटक ४७६ कोरोना संक्रमित, संक्रमितको संख्या १३ हजार २४८ पुग्यो

गोकर्णेश्वर खबर१५ असार २०७७, सोमबार १६:२६ मा प्रकाशित (४ साल अघि) ५६० पाठक संख्या

सोमबार कोरोनाभाइरसका चार सय ७६ जना नयाँ संक्रमित भेटिएका छन्।

विगत २४ घण्टामा देशका २२ वटा प्रयोगशालामा सात हजार सात सय ९१ को पिसिआर विधिबाट गरिएको परीक्षणबाट  चार सय ७६ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए।

आइतबार कोरोना संक्रमित १२ हजार सात सय ७२ जनामा कोरोना देखिएको थियो। यो संख्या बढेर सोमबार १३ हजार दुई सय ४८ पुगेको हो।

सोमबार एक सय २१ जना कोरोना निको भएर घर घर्किएका छन्।