काठमाडौं – नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको छ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार बसेको पदाधिकारी बैठकले असार १६ गते केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
आइतबार बसेको पदाधिकारीको बैठकले असार १६ गते दिउँसो १ बजेका लागि केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको छ उनले भने
पदाधिकारी बैठकमा १४ औं महाधिवेशनका कार्यतालिका हेरफेर गर्नेलगायतका विषयमा छलफल भएको हो। कांग्रेसले फागुन ७ देखि १० सम्म महाधिवेशन गर्ने मिति तोकिसकेको छ।
तर कोरोनाका कारण क्रियाशील सदस्यता वितरण र नवीकरणका काम रोकिएका छन्। अब कसरी यी कामहरू अघि बढाउने र महाधिवेशनका कार्यतालिका हेरफेर गर्नेबारे छलफल गर्न केन्द्रीय समिति बैठक डाकिएको हो।