आज: ११ फाल्गुन २०८१, आईतवार | Sun, 23, Feb, 2025

७७ वटै जिल्लामा फैलियो कोरोनाभाइरस, थप ५५४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितकाे संख्या १२ हजार ३०९ पुग्याे

गोकर्णेश्वर खबर१३ असार २०७७, शनिबार १६:३६ मा प्रकाशित (४ साल अघि) ३३४ पाठक संख्या

काठमाडौं : नेपालमा थप ५५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा संक्रमितहरुको संख्या १२ हजार ३०९ पुगेको छ।

पछिल्लो २४ घण्टामा देशभरका स्वाब परीक्षणका क्रममा ५५४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले जानकारी दिए।

पछिल्लो २४ घन्टामा १३६ जना डिस्चार्ज भएका छन्। देशभर २८३४ जना निको भएर डिस्चार्ज भइसकेका छन्। आज कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २८ जना पुगेको छ।