आज: १० माघ २०८१, बिहीबार | Thu, 23, Jan, 2025

वर्षयाममा कस्ता तरकारी बढी स्वस्थ हुन्छन् ?

गोकर्णेश्वर खबर१३ असार २०७७, शनिबार ०७:१६ मा प्रकाशित (४ साल अघि) ३०० पाठक संख्या

काठमाडौं । वर्षायाममा माइक्रोबायल संक्रमणको जोखिम हुन्छ । यतिवेला भोजनजन्य जीवाणुको तीव्र वृद्धि हुने भएकाले खानपानमा ध्यान दिनुपर्छ ।

सागलगायत पातजन्य तरकारीमा सूक्ष्म जीवहरूले प्रजनन गर्छन् । यस्ता सूक्ष्म जीव पाचन प्रणालीका लागि हानिकारक हुन्छन् । त्यसैले राम्ररी पखालेर मात्र प्रयोग गर्नुपर्छ ।

तितेकरेला वर्षायामका लागि उपयुक्त तरकारी हो । यसमा पाइने ‘एन्थेलमेन्टिक’ तत्वले आन्द्रामा जुकाको समस्या आउन दिँदैन। वर्षायाममै हो, बालबालिकाको पेटमा जुका पर्ने, जसले उनीहरूको पाचन प्रणालीमा असर पार्छ ।

मनसुनका लागि लौका पनि स्वस्थ तरकारी मानिन्छ । लौकामा फस्फोरस, म्याग्नेसियम, पोटासियमजस्ता तत्व पाइन्छन् । फ्याटको मात्रा कम हुने भएकाले यो स्वास्थ्यका लागि लाभदायक हुन्छ ।

लौकाले पेटलाई चिसो बनाइराख्न मद्दत गर्छ । यसमा पाइने ‘एन्टिबिलियस’ गुणले शरीरबाट पित्तको अत्यधिक मात्रा हटाउँछ । वर्षायाममा ज्वरो, खोकी र ‘ब्रोन्कियल डिसअर्डर’ हुन नदिन लौका उपयुक्त मानिन्छ ।

पर्बलमा पाइने ‘एन्टिपाइरेटिक’ गुणले ज्वरो र सर्दी निम्तिन दिँदैन । पर्बलमा पाइने ‘हेमाटोप्रोटेक्टिभ’ र ‘एन्टिइन्फ्लेमेन्टरी’ तत्वले कलेजो सुन्निने समस्याबाट बचाउँछन् । यस्तै, यसमा पाइने ‘एन्टिमाइक्रोबियल’ तत्वले शरीरमा संक्रमणबाट बचाउँछ।