आज: १९ मंसिर २०८१, बुधबार | Wed, 04, Dec, 2024

महाधिवेशन कार्यतालिका परिवर्तन गर्न कांग्रेसले पदाधिकारी बैठक बोलायो

गोकर्णेश्वर खबर१२ असार २०७७, शुक्रबार १६:४८ मा प्रकाशित (४ साल अघि) २०८ पाठक संख्या

काठमाडौं । महाधिवेशन कार्यतालिका परिवर्तन गर्न नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार आइतबार बिहान ९ बजे सभापति देउवा निवास बुढानिलकण्ठमा बैठक बस्ने भएको हो ।

कांग्रेसले २०७७ साल फागुन ७ गतेबाट केन्द्रीय महाधिवेशन गर्ने यसअघि नै कार्यतालिका तय गरेको थियो । तर, कोरोना संकटका कारण महाधिवेशनका लागि गत वर्षको चैतबाट वितरण र नविकरण गर्नुपर्ने क्रियाशिल सदस्यताको कार्यक्रम सुचालु हुन सकेको छैन ।

बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल तथा पूर्व महामन्त्री कृष्णप्रसाद सिटौंला लगायत केही पूर्व पदाधीकारीहरु उपस्थिति हुने सचिव पौडेलले जानकारी दिनुभयो ।