आज: १९ मंसिर २०८१, बुधबार | Wed, 04, Dec, 2024

स्पेनिस ला लिगामा भ्यालेन्सिया, इबरसंग पराजित

गोकर्णेश्वर खबर१२ असार २०७७, शुक्रबार ०६:५४ मा प्रकाशित (४ साल अघि) २५२ पाठक संख्या

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा भ्यालेन्सिया पराजित भएको छ ।

गएराति भएको खेलमा भ्यालेन्सियालाई इबरले एक शुन्य गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा भ्यालेन्सियाका जोयोफ्री कोन्डोग्बीको आत्मघाती गोलबाट इबरले जित निकालेको हो ।

खेलको १६औं मिनेटमा जियोफ्रीले आत्मघाती गोल गरेका थिए ।

त्यस्तै खेलको अन्तिम समयमा भ्यालेन्सिया १० खेलाडीमा समेटिएको थियो ।

खेलको ८९औं मिनेटमा म्यानगालाले दोहोरो पहेंलो कार्ड पाएर मैदानबाट बाहिरिंदा भ्यालेन्सिया १० खेलाडीमा समेटिएको हो ।

इबरसँग पराजित भएसँगै भ्यालेन्सियाले ३१ खेलमा ४६ अंक जोडेको छ । भ्यालेन्सिया आठौं स्थानमा रहेको छ ।

३१ खेलमा ३२ अंक जोडेको इबर १७औं स्थानमा रहेको छ ।

ला लिगा अन्तर्गत नै अर्को खेलमा रियल बेटिसले स्पानियोललाई एक शुन्य गोल अन्तरले हराएको छ ।