आज: १० माघ २०८१, बिहीबार | Thu, 23, Jan, 2025

कोरोनाका कारण पठनपाठन अवरुद्ध भएकाले अनलाइनबाट कक्षा सञ्चालन गर्न शिक्षकलाई ल्यापटप

गोकर्णेश्वर खबर१२ असार २०७७, शुक्रबार ००:०७ मा प्रकाशित (४ साल अघि) ६९५ पाठक संख्या

धादिङ । कोरोना भाइरसका कारण विद्यालयको पठनपाठन अवरुद्ध भएकाले अनलाइनका माध्यमबाट कक्षा सञ्चालन गर्न धादिङ जिल्लाको एक विद्यालयले शिक्षकहरुलाई ल्यापटप दिएको छ । धादिङबेसीस्थित नीलकण्ठ माध्यमिक विद्यालयका शिक्षकहरुलाई ल्यापटप प्रदान गरिएको हो ।

विद्यालयले शिक्षकहरुलाई प्रविधिमैत्री शिक्षणका लागि ल्यापटप दिएको विद्यालयका प्रधानाध्यापक विष्णु प्रसाद सिलवालले बताए । उक्त ल्यापटप ६० प्रतिशत शिक्षक र ४० प्रतिशत विद्यालयले आर्थिक भार व्यहोर्ने गरी खरिद गरेर प्रदान गरिएको हो ।

नीलकण्ठ नगरपालिकाका प्रमुख भीम प्रसाद ढुङ्गानाको प्रमुख आतिथ्यता र वडा अध्यक्ष होम प्रसाद रिजाल तथा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण बस्यालको विशेष आतिथ्यता ल्यापटप वितरण गरिएको थियो ।