आज: १० माघ २०८१, बिहीबार | Thu, 23, Jan, 2025

ने.क.पा. गोकर्णेश्वर नगर कमिटिले बुझायो नगरपालिकालाई ज्ञापन पत्र

गोकर्णेश्वर खबर१० असार २०७७, बुधबार १८:३१ मा प्रकाशित (४ साल अघि) १२९१ पाठक संख्या

काठमाडौं/ नेपाल कम्युनिष्ट पार्टी गोकर्णेश्वर नगर कमिटिले  गोकर्णेश्वर नगरपालिकालाइ ज्ञापन पत्र बुझाएको छ । नेपाल कम्युनिष्ट पार्टी गोकर्णेश्वर नगर कमिटिद्वारा आर्थिक वर्ष २०७७/७८मा गोकर्णेश्वर नगरपालिकाले तयार पार्ने नीति कार्यक्रममा  तथा जनतालाई प्रत्यक्ष सरोकार राख्ने विषयमा गोकर्णेश्वर नगर कमिटि अध्यक्ष उद्धव बिस्टको नेतृत्वमा असार ८ गते  ज्ञापन पत्र नगर प्रमुख सन्तोष चालिसेलाइ  बुझाएको हो ।

 नगर  प्रमुख सन्तोष चालिसेको कार्यकक्षमा भएको सो कार्यक्रममा नेकपा प्रदेश कमिटी सदस्य शान्ती श्रेष्ठ , नेकपा जिल्ला कमिटी सदस्य पुण्यप्रसाद चौलागाईं ,हरिकृष्ण श्रेष्ठ,  टि.आर नेपाल, तारा पुडासैनी, बिमल अर्याल र नेकपा नगर कमिटी सचिव मानबहादुर तामाङ गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरी घिमिरे लगाएतको उपस्थिति रहेको थियो।

नेपाल कम्युनिष्ट पार्टी गोकर्णेश्वर नगर कमिटि ले बुझाएको ज्ञापन पत्रमा   नगरपालिकामा आव ०७७/७८ को नीति तथा कार्यक्रममा समावेश गर्नका लागि नेकपा गोकर्णेश्वर नगर कमिटीले जनता संग र पार्टी भित्र बिभिन्न तहमा छलफल गरि ९ वटै वडा बाट संकलित सुझाब एबम योजना संकलन गरि नगरपालिकाले समाबेश गरि सहयोग गर्न अनुरोध गरिएको छ।

नगर स्तरीय ५ सय बेडको सरुवा रोग सम्बन्धि अस्पताल निर्माण गर्नु पर्ने नगरस्तरीय प्राबिधिक स्कुल र कलेज संचालन हुनुपर्ने।

२,२,३,४, वडामा नै कृषि बिउबिजन औजार र मल लगायत सबै समान वितरण गर्ने र उत्पादन सामग्री संकलन गरि गोकर्णेश्वर ५ देकेही ९ सम्म निशुल्क वितरण केन्द्र नगरले उपलब्ध गराउन पर्ने ।

शिक्षा क्षेत्रमा सामुदायिक स्कुल तथा सरकारी स्कुलमा १२ कक्षा सम्म कुनै पनि शुल्क लिन नपाउने र बिद्यार्थीलाइ स्कुल ड्रेस र खाजाको व्यवस्था गर्नुपर्ने।

सबै करको बिषयमा कोरोनाको कारण कम्तिमा ४० प्रतिशत छुट दिनुपर्ने।

पशु पालन तथा कृषि अनुदान उत्पादनको आधारमा अनुदान प्रदर्शन गर्नुपर्ने।

नगर भित्रका सरकारी पर्ती जग्गा नगरपालिकाले तुरुन्त ९ वटै वडामा खाली गराउनेपर्ने,

शिपमुलक तालिम नगरपालिकाले आफ्नै भवन निर्माण गरि नगरस्तरीय १२ महिना संचालन गर्नु पर्ने ।

बृद्द तथा बृद्दाहरुलाई एक बृद्दा भवन तथा क्लब संचालन गर्नुपर्ने ,ज्येष्ठ नागरिक पार्क, नगरपालिकामा यातायात तथा नगरबसको व्यवस्था गर्नु पर्ने ।

युवा तथा खेलकुदका लागि फुटबल मैद्दन, क्रिकेट मैदान फुत्सल भलिबल कोर्टतथा बास्केटबल लगायत निर्माण गर्नुपर्ने ।

नगरपालिका भित्र नगर स्तरीय संस्कृतिक संग्राहलय स्थापना गर्नुपर्ने ।

नगरपालिका भित्र रहेका सहकारीलाइ सहकारी उदेश्यअनुसार उत्पादनमा जोड दिने, नगरपालिकाको भवन र कतिपय वडाको भवन भाडामा संचालन भएकोमा आफ्नै भवन निर्माण गर्नुपर्ने।

नगर भित्रका मेडिकल कलेज लगायत बिभिन्न उद्योग तथा कलकारखानादर्ता भएका दर्ता  नभएका सबैको सार्वजनिक गरि तोक्र्र्को कर पनि सार्वजनिक गर्नु पर्ने , फोहोरमैला तथा बातवरण सरसफाईमा दिगो व्यवस्थापन गर्नु पर्ने।

नगरपलिका भित्रका सडकहरु मुख्यसडक र सहायक सडकहरु GLD नेपाल सरकारको मापदण्डअनुसार गर्नु पर्ने बागमती बाघद्वार तारेभिर, गोकर्णेश्वर मन्दिर सुन्दरीजल, शहिद पार्क लगायत एतिहासिक स्थानहरुको व्यवस्थापन गर्दै आय आर्जनमा जोड दिनुपर्ने।

गोकर्णे मन्दिर भन्दा माथिका वडा नं १ देखि ४ सम्म बिभिन्न शिर्षकमा डोजर लगौं बन्द गर्नुपर्ने बागमती सरसफाईलाइ बिशेष बजेट छुट्याउनु पर्ने।

तारेभिर र सुन्दरीजललाइ पर्यटनक्षेत्र घोषणा गरि बिशेष रकम बिनियोजन गर्नु  पर्ने ।

नगरपालिकाको बजेट नगर सभा बाट नै सबै योजना छनौट हुनु पर्ने।

र चामुण्डा ,गोकर्णेश्वर मन्दिर, उत्तरबाहिनी स्वेत बाराही, सुन्दरीमाइ मन्दिरको  एकीकृत धार्मिक पर्यटन क्षेत्रको रुपमा विकास गर्नु पर्ने लगायतको माग सहितको  ज्ञापन पत्र नगर प्रमुखलाइ बुझाएको हो।

निकै सौहार्दपूर्ण पूर्ण बातावरणमा ज्ञापनपत्र बुझ्दै नगरप्रमुख सन्तोष चालिसेले   नेकपाले बुझाएको सुझाव ग्रहण गर्दै अगाडी बढ्ने प्रतिवद्धता ब्यक्त गरेका थिए ।  उनले सबैको सहयोगमा नै नगरको विकास गर्न चाहेको बताए । उनले त्यसमा सबैको साथ आवश्यक भएको बताए।