आज: १६ बैशाख २०८२, मंगलवार | Tue, 29, Apr, 2025

माकलबारी युवा क्लबको आयोजनामा शान्तिपुर्ण र्याली तथा नया नक्साको दिपावली

गोकर्णेश्वर खबर९ असार २०७७, मंगलवार ०७:५५ मा प्रकाशित (४ साल अघि) १३२८ पाठक संख्या

काठमाडौं / गोकर्णेश्वर नगरपालिका वडा नं ८ रहेको माकलबारी क्लबको आयोजनामा शान्तिपुर्ण र्याली तथा नयाँ नक्शाको दीपवाली गरिएको छ ।

गोकर्णेश्वर नगरपालिका वडा नं ८ माकलबारी देखि सुरु गरेको र्याली नारायणटार , जोरपाटी चोक , बेसीगाउ , आत्तरखेल हुदै पुनः माकलबारी चोकमा जम्मा भएको थियो ।

स्वतस्फुर्त रुपमा जम्मा भएका युवाहरुले कालापानी, लिम्पीयाधुरी र लिपुलेक समेटिएको नयाँ नक्शा बनाएर दिप प्रज्जवलन गरेका थिए भने प्ले कार्डमा सरकारले कोरोना नियन्त्रणमा गरेका लापरवाहीको खबरदारी गरेका थिए। सयौंको संख्यामा रहेका युवाहरुले प्रदर्शन गरेका थिए।

कार्यक्रममा समाज सेवी भावना ठकुरी , समाज सेवी राजेश दहाल , मकालबारी युवा क्लबका पदाधिकारीहरु ,उन्नति महिला समुहकी अध्यक्ष ज्योति खरेल, आत्तरखेल युवा समाज, बागमती युवा क्लब, नारायणटार युवा क्लब सहितको क्लबहरुको उपस्थिति  रहेको थियो।