काठमाडौं / गोकर्णेश्वर नगरपालिका वडा न. ८ आत्तरखेलमा रहेको आत्तरखेल महिला समाज र आत्तरखेल युवा समाजले संयुक्त रुपमा खाद्यान्न सहयोग गरेको छ ।
देशमा लकडाउन केहि खुकुलो भए पनि आम नागरिकको दैनिक जीवन सामान्य बन्न सकिरहेको छैन । त्यस्तो अवस्थामा सामाजिक उत्तरदायित्व अन्तर्गत गोकर्णेश्वर नगरपालिका अत्तरखेलमा रहेको आत्तरखेल महिला समाज र आत्तरखेल युवा समाजले संयुक्त रुपमा लकडाउन बाट प्रभावित २३ घर परिवारलाई असार ६ गते शनिबार खाद्यान्न सहयोग गरिएको छ ।
कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा न ८ वडा सदस्य एबम जिल्ला समन्वय समिति काठमाडौंकी सदस्य सानान्नी लामा, आत्तरखेल महिला समाज र आत्तरखेल युवा समाजको पदाधिकारीहरु लगायत स्थानीयको उपस्थितिमा खाद्यान्न वितरण गरिएको हो ।
सो दिन आत्तरखेल महिला समाज र आत्तरखेल युवा समाजले कालापानी, लिम्पीयाधुरी र लिपुलेक समेटिएको खुसीयालीमा नयाँ नक्साको दिप प्रज्जवलन गरेका थिए ।