आज: १५ बैशाख २०८२, सोमबार | Mon, 28, Apr, 2025

काठमाडौंमा थप तीन जनालाई देखियो कोरोना

गोकर्णेश्वर खबर५ असार २०७७, शुक्रबार १६:५६ मा प्रकाशित (४ साल अघि) १०६७ पाठक संख्या

काठमाडौंमा थप तीन जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको प्रेस ब्रिफिङमा प्रवक्ता डाक्टर जागेश्वर गौतमले टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका थप ३ जनामा संक्रमण भेटिएको पुष्टि गरेका हुन्।
काठमाडौंमा भेटिएका संक्रमित दुई जना महिला र एक जना पुरूष हुन्।

पछिल्लो २४ घण्टामा थप ४ सय २६ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको हो। योसहित नेपालमा कुल संक्रमित संख्या ८ हजार २७४ पुगेको छ।
डाक्टर गौतमका अनुसार हालसम्म १ हजार ४ सय २ जना कोरोनामुक्त भई विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् भने २२ जनाको मृत्यु भएको छ।