आज: १० माघ २०८१, बिहीबार | Thu, 23, Jan, 2025

आज अधिकांश स्थानमा सामान्य बदलीसंगै वर्षाको सम्भावना

गोकर्णेश्वर खबर५ असार २०७७, शुक्रबार ०७:०२ मा प्रकाशित (४ साल अघि) २८८ पाठक संख्या

काठमाडौं । अहिले भारतको पूर्वि उत्तर प्रदेशको भू–भागमा रहेको निम्न चापीय प्रणालीको प्रभाव नेपालमा पनि परेको देखिन्छ छ।

जसअनुसार हाल देशभर सामान्यतया बदली रही केही स्थानहरुमा हल्का देखी मध्यम वर्षा भैरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का धेरैजसो स्थानहरुका साथै कर्णाली र सुदुर पश्चिम प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ।
प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक, दुई स्थानमा भारी वर्षाको संभावना रहेको छ।
आज राती देशभर पूर्णतया बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का धेरै स्थानहरुका साथै कर्णाली र सुदुर पश्चिम प्रदेशका केही स्थानमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
प्रदेश १, गण्डकी प्रदेश, प्रदेश ५ र बागमती प्रदेशका एक, दुइ स्थानहरुमा भारी वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ।