आज: ९ माघ २०८१, बुधबार | Wed, 22, Jan, 2025

गोकर्णेश्वर नगरपालिकामा अन्य जिल्ला बाट प्रवेश गर्नेहरुले निम्न प्रक्रिया अपनाउन पर्ने

गोकर्णेश्वर खबर३ असार २०७७, बुधबार ०७:५७ मा प्रकाशित (४ साल अघि) १३८९ पाठक संख्या

काठमाडौं, असार ३ । गोकर्णेश्वर नगरपालिकामा अन्य जिल्ला बाट प्रवेश गर्न चहानेहरुका लागि सार्वजनिक सुचना जारी गरेको छ। नेपाल सरकारद्वारा समेत बन्दाबन्दीलाई खुकुलो बनाउनका लागि निर्णय तथा निर्देशन दिइए पश्चात् निजि यातायात देखि मानिसहरुको आवतजावत संख्यामा बृद्धि हुँदै गइरहेको छ। यसै क्रममा नेपाल सरकारद्वारा मन्त्रिपरिषद्को मिति २०७७ जेष्ठ २८ गरिएको निर्णय, गृह मन्त्रालयद्वारा जेष्ठ ३० मा जारी गरिएको निर्देशन तथा जिल्ला प्रशासन कार्यालय काठमाडौँको जेष्ठ ३२ गते प्रकाशित सूचना अनुरुप काठमाडौँ प्रवेश गर्नका लागि स्थानिय तहको आधिकारिक पत्र आवश्यक रहने जानकारी सूचना जारी  गरि गराएको थियो।

गोकर्णेश्वर नगरपालिकाद्वारा सोहि निर्देशन अनुरुप कुनै पनि जिल्लाबाट महत्वपूर्ण कार्यका बारेमा कारण खुलाई नगरपालिकाका वडामा प्रवेश गर्न चहानेहरुका लागि सूचना जारी गरेको हो ।गोकर्णेश्वर नगरपालिकामा अन्य जिल्लाबाट प्रवेश गर्न चाहने यात्रुहरुले देहाय अनुसारको फारम भरी निवेदकको दस्तखत, परिचय-पत्रको (नागरिकता, सवारी चालक अनुमति पत्र, पासपोर्ट, मतदाता परिचय-पत्र) फोटोकपि सहित Scan गरि नगरपालिकाको ईमेल ठेगाना, [email protected] वा ९८५११५४११५ नं मा भाइवरमा पठाइदिनु अनुरोध गरिएको छ ।सोहि निवेदनको आधारमा आवश्यक प्रक्रिया पुरा गरि प्रवेशको लागि अनुमति दिइएको पत्र ईमल वा भाइवर मार्फत नै उपलब्ध गराइने पनि जानकारी गराएको छ ।सवारी प्रवेशका लागि सोहि अनुमतिपत्र सहित सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनु पर्ने पनि सो सुचनामा जानकारी गराइएको छ ।

साथै गोकर्णेश्वर नगरपालिका  भित्रको कुनै पनि वडामा फर्कन चहानेहरुलाई सम्बन्धित वडा कार्यालयद्वारा क्वारेन्टीनको निर्माण तथा क्वारेन्टीनमा निर्धारित समयसम्म बस्ने सहमतिका साथ प्रवेश अनुमति प्रदान गरिने पनि जानकारी गराइएको छ।