आज: १० माघ २०८१, बिहीबार | Thu, 23, Jan, 2025

अधिकांश क्षेत्रमा वर्षासंगै मेघगर्जन र चट्याङको सम्भावना

गोकर्णेश्वर खबर३ असार २०७७, बुधबार ०७:१४ मा प्रकाशित (४ साल अघि) १९४ पाठक संख्या

काठमाडौं । अहिले नेपालको पूर्वी र मध्य भू–भागमा मनसुनी वायु तथा पश्चिमी भू–भागमा पश्चिमी वायुको प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल देशभरको मौसममा सामान्य बदली आएके छ भने देशका केहि भु–भागहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ।

आज दिउँसो सुदुर पश्चिम प्रदेश, कर्णाली र प्रदेश प्रदेश नं ५ का केही स्थानहरुमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पुर्ण बदली रहनेछ ।

प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का धेरै स्थानहरुका साथै कर्णाली र सुदुर पश्चिम प्रदेशका केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्ययम वर्षाको संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रदेश १, प्रदेश २ र बाग्मती प्रदेशका एक, दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

आज राती सुदुर पश्चिम प्रदेश, कर्णाली र प्रदेश नं ५ का केही स्थानहरुमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पुर्ण बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का धेरै स्थानहरुका साथै कर्णाली र सुदुर पश्चिम प्रदेशका केही स्थानहरुमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्ययम वर्षाको संभावना रहेको छ।

प्रदेश १, प्रदेश २ र बाग्मती प्रदेशका एक, दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।