आज: १० माघ २०८१, बिहीबार | Thu, 23, Jan, 2025

नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्रै नागरिकता दिन प्रस्ताव

गोकर्णेश्वर खबर२ असार २०७७, मंगलवार २३:०८ मा प्रकाशित (४ साल अघि) ५७६ पाठक संख्या

काठमाडौं। संसदीय समितिले नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई सात वर्षपछि मात्रै अंगीकृत नागरिकता दिनुपर्ने प्रस्ताव गरेको छ ।

प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले नेपाली पुरुषसँग विवाह गरी  नेपालमा लगातार ७ वर्ष बसोबास गरेपछि मात्रै विदेशी महिलालाई अंगीकृत नागरिकता दिनुपर्ने प्रस्ताव गरेको छ ।

नागरिकता पाउनु अघि भने स्थायी बसोबास अनुमतिपत्र दिनुपर्ने प्रस्ताव गरिएको छ । जुन अनुमतिपत्रका आधारमा सामाजिक, सांस्कृतिक र आर्थिक अधिकार उपभोग दिने भनिएको छ ।

सो प्रस्तावप्रति राजनीतिक दलहरूबीच भने विवाद कायमै छ । समिति सचिवालयको उक्त प्रस्तावमा सत्तारुढ नेकपाका सांसदहरूले सहमति जनाएका छन् भने प्रमुख प्रतिपक्षी कांग्रेसले जवाफ दिएको छैन ।

कांग्रेसका सांसदहरुले पार्टी नेतृत्वसँग छलफल गरेर औपचारिक धारणा दिने बताएका छन् ।