आज: १० फाल्गुन २०८१, शनिबार | Sat, 22, Feb, 2025

मयेर सरावगीको पहलमा रजत जयन्ति चौक देखि शंकराचार्य गेट सम्म सडक मर्मत

गोकर्णेश्वर खबर२० कार्तिक २०७४, सोमबार १७:४४ मा प्रकाशित (७ साल अघि) १२०६ पाठक संख्या

वीरगन्ज, कात्तिक २० – वीरगन्ज महानगरपालिकाका नगर प्रमुख (मेयर) विजय कुमार सरावगी विशेष पहलमा आज (शोमवार) नेपाल तथा वीरगन्ज महानगरपालिकाको मुक्य प्रवेस द्वार शंकराचार्य गेट देखि रजत जयन्ति चौक सम्म बिग्डेको बाटोको मर्मत भएको छ ।

खराब बाटोका कारण विगत केहि दिनहरुमा बढ्दै गएको सडक दुर्घटनाका बारेमा जानकारी प्राप्त भए पछि श्रीलंका भ्रमणमा रहेका वीरगन्ज महानगरपालिकाका नगर प्रमुख सरावगीले महानगरपालिकाका कर्मचारीहरुलाई निर्देशन दिएर आदर्शनगर ग्रीन सिटीको सहयोगमा उक्त बाटोको मर्मत गराउनु भएको हो ।

ग्रिन सिटी समूहका मुर्ली जलान, शुसिल कादमिया, प्रकाश खेतान, संजय शर्मा, रतन टेमानी, त्रिलोक दारुका, नगर प्रमुख विजय कुमार सरावगीको प्रतिनिधित्व गर्दै सज्जन अग्रवाल तथा पर्साका प्रहरी प्रमुख डा. गणेश रिजालको विशेष उपस्तिथीमा उक्ता बाटो मर्मत गराइएको मेयर सरावगीका स्वकिया सचिव तबरेज अहमदले जानकारी गराउनु भएको छ ।