आज: ९ माघ २०८१, बुधबार | Wed, 22, Jan, 2025

आन्दोलनका उपलब्धिहरुलाई संस्थागत गर्न मेरो उम्मेद्वारी : प्रदीप यादव

गोकर्णेश्वर खबर१९ कार्तिक २०७४, आईतवार ०७:१२ मा प्रकाशित (७ साल अघि) २१४५ पाठक संख्या

वीरगन्ज, कात्तिक १९ – पर्सा जिल्लाबाट प्रतिनिधि सभामा उम्मेद्वारी दिएका उम्मेदवारहरुले विगतकका दिनहरु देखि अहिले सम्म कस्ता कार्यहरु गरेको सम्पुर्ण पर्सा वासीलाइ राम्ररी जानकारी भएको संघीय समाजवादी फोरम नेपालका पर्सा जिल्ला अध्यक्ष तथा पर्सा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाका उम्मेदवार प्रदीप यादवले बताउनुभएको छ ।

आज बगहीमा आयोजना भएको कार्यकर्ता भेटघाट तथा अन्तक्रिया कार्यक्रममा बोल्दै प्रतिनिधि सभाका उम्मेदवार यादवले जनताहरुको चहना तथा रायसुझाव लिई आफु जनताहरु बिच सर्बसहमतीको उम्मेदवार बनेको बताउनुभयो । मधेशको पहिचान तथा अधिकार दिलाउने बिगत लामो समयदेखी आन्दोलनरत फोरम नेपाल अब पर्सा लगायत अन्य जिल्लाहरुमा आफनो पहिचान बनाउन सफल भएको समेत उहाँले बताउनुभयो ।

अन्तक्रिाय कार्यक्रममा जनताहरुले सोधेको प्रश्नको जवाफ दिदैँ यादवले बिगतमा पटक-पटक भएको आन्दोलनले प्राप्त उपलब्धीलाई संस्थागत गर्ने बेला आएको बताउनुभयो । नेपालको राजनितीमा राजनितीक धुब्रीकरणको कराण संबिधान संसोधन हुन नसकेको बताउदै नेता यादवले अब मधेशी जनताहरुले प्रतिनीधिसभामा मधेशी पार्टीका उम्मेदवारहरुलाई नै बिजयी गराउनेमा आफु ढुक्क रहेको विश्वास व्यक्त गर्नुभयो । मधेशी जनताहरुको अहम योगदान तथा संघर्षको कारण संघिय समाजबादी फोरम नेपाल बलियो हुँदै गएको बताउदै नेता यादवले अधिकार प्राप्तिका लागि पर्साबासीले आफु लगायत मधेशी गठबन्धनका उम्मेदवारहरुलाई बिजयी बनाउन आग्रह गर्नुभयो ।

उहाँले अन्य दलका उम्मेद्वारहरु विगतमा मधेशीप्रती देखाएको तान्डव नृत्य तथा मधेशी जनताहरुप्रतिको दमनलाई सम्झेर आफनो अमुल्य मत दिने नेता प्रदिप यादवले आग्रह गर्नुभयो ।